नियम ८
समितिको काम, कर्तव्य र अधिकार
यस नियमावलीमा अन्यत्र लेखिएका काम, कर्तव्य र अधिकारको अतिरिक्त समितिको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:–
(क) राष्ट्रिय खोप कार्यक्रम सम्बन्धी नीति तर्जुमा गर्ने कार्यमा मन्त्रालयलाई सहयोग गर्ने,
(ख) कोषको वार्षिक कार्यक्रम तथा बजेट तयार गरी मन्त्रालय समक्ष पेश गर्ने,
(ग) राष्ट्रिय खोप कार्यक्रमको विकास, विस्तार र सञ्चालन गर्ने,
(घ) राष्ट्रिय खोप कार्यक्रमलाई दीगो र भरपर्दो बनाउन कोषको लागि स्रोत जुटाउने,
(ङ) कोषको रकमबाट सञ्चालित कार्यक्रमको अनुगमन र मूल्याङ्कन गर्ने,
(च) कोषको रकम खर्च गर्ने सम्बन्धमा प्रचलित कानूनको अधीनमा रही आवश्यक कार्यविधि बनाई लागू गर्ने,
(छ) कोषको विकास तथा विस्तारको लागि सम्बन्धित निकायसँग समन्वय गर्ने,
(ज) कोषको उद्देश्य प्राप्तिको लागि अन्य आवश्यक काम गर्ने वा गराउने ।